Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, अनिवार्य उपस्थित हुन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो।

बैठकमा उपस्थितिका लागि निवर्तमान कार्यसमितिका सबैलाई पत्र पठाएर निमन्त्रणा गरिएको छ।

पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने दुलालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्