Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेन जी को रवैया ठिक छैन : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

बालेनको रवैया ठिक नभएको टिप्पणी गर्दै थापाले प्रधानमन्त्रीको काम क्रियाकलापमाथी असन्तुष्टि व्यक्त गरेका हुन् ।

सर्वदलीय बैठकबाट निस्किँदै गर्दा थापाले संसदप्रतिको गरिमा राख्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

विपद्को घडीमा सरकारलाई बिनासर्त सहयोग गर्न सबै दल तयार रहेको उनको प्रष्टोक्ति थियो ।

सर्वदलीय संसदीय संयन्त्रको प्रक्रिया तत्काल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्