काठमाडौं । सेवा, श्रद्धा र धार्मिक चेतनालाई केन्द्रमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थलमा निरन्तर सञ्चालन हुँदै आएको MRR समूहको साप्ताहिक भजन–कीर्तन यसपटक कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित नवतनधाम (श्रीकृष्ण प्रणामी मन्दिर) परिसरमा आयोजना हुने भएको छ।
हरेक शनिबार आयोजना हुँदै आएको साप्ताहिक भजन–कीर्तन कार्यक्रमअन्तर्गत यसपटक असोज ३ गते शनिबार नवतनधाममा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
भक्ति, आराधना र धार्मिक चेतनासँगै सामूहिक रूपमा भजन–कीर्तन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रममा श्रद्धालु भक्तजन तथा धर्मप्रेमी महानुभावहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक MRR समूहले भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई भक्ति र आराधनाको यस पावन अवसरलाई विशेष बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
































