Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीले जवाफ दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संसद् सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।

बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रतिकृया दिनुहोस्