Skip

Hamro Sanchar

कागेश्वरी मनोहराका विभिन्न क्षेत्रमा डुबान, सतर्क रहन नगर प्रमुख कार्कीको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २९ गते


Advertisement

काठमाडौं । भारी वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न क्षेत्रमा डुबानको अवस्था सिर्जना हुन थालेपछि नगर प्रमुख उपेन्द्र कार्कीले सम्पूर्ण नगरवासीलाई सतर्क रहन आग्रह गरेका छन्।

नगरपालिकाका विशेषगरी वडा नम्बर ४, ५, ६ र ७ लगायत विभिन्न क्षेत्रमा भारी वर्षाका कारण डुबानको अवस्था सिर्जना भइरहेको जानकारी प्राप्त भएको भन्दै नगर प्रमुख कार्कीले जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन नगरवासीलाई आग्रह गरेका हुन्।

उनले नदी, खोला, खोल्सा तथा डुबान हुन सक्ने क्षेत्रतर्फ अनावश्यक रूपमा नजानसमेत अनुरोध गरेका छन्। वर्षा निरन्तर भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन र परिवारका सबै सदस्यको सुरक्षामा विशेष ध्यान दिन उनले अपिल गरेका छन्।

कुनै आपत्–विपत्, उद्धार वा तत्काल सहयोग आवश्यक परेमा नगरपालिकाले उपलब्ध गराएका सम्पर्क नम्बरमा खबर गर्नसमेत नगर प्रमुख कार्कीले अनुरोध गरेका छन्।

नगर प्रमुख कार्कीले विपद्को यस कठिन घडीमा नगरपालिका सम्पूर्ण नगरवासीको साथमा रहेको बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

यता आजको अविरल वर्षासंगै काठमाडौंको बागमती नदीले सतर्कता तह पार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वाग्मती नदीको जलसतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ। भने मनोहरा खोलाको जलसतह बढेको छ।

आपत्कालीन अवस्थामा सम्पर्क :                                                                                                                                        नगर प्रमुख उपेन्द्र कार्की: ९८५१०१९२४२                                                                                                                          विपद् शाखा – हरि धिताल: ९८४५०२७४०६
नगर प्रहरी – सुविन कार्की: ९८६००३४८१०


प्रतिकृया दिनुहोस्