२८ भदौ काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।
कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ ।































