Skip

Hamro Sanchar

यी हुन् कांग्रेसले सातै प्रदेशमा बनाएका निर्वाचन संयोजक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सातै प्रदेशमा निर्वाचन संयोजक खटाएका हुन्। कांग्रेसले वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजक बनाएको छ।

कोसीमा डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दिपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई खटाएको छ।

निर्वाचन सहजीकरणका लागि उनीहरूलाई प्रदेशस्तरमा खटाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक खड्काले जनाएका छन् ।

 

 


प्रतिकृया दिनुहोस्