१३ भदौ, काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।
कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन् ।
कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
उक्त रकम एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको कोषको खातामा जम्मा गरिएको हो ।




























