Skip

Hamro Sanchar

आज तोलामा २५ सय रुपैयाँ बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा भने सुनको मूल्य ११ हजार १ सय रुपैयाँ घटेको हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो


प्रतिकृया दिनुहोस्