१५ भदौ, काठमाडौँ । भोटेकोसिमा आएको बाढी र पहिरोका कारण अति प्रभावित ३ जिल्लाका १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मका अनुसार विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक क्षति पुगेको छ ।
बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । भने २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ । विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन् ।
९ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।
रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कुल दुई हजार ४२५ जना विद्यार्थी अध्ययनरत थिए । तीमध्ये धेरै विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् ।
एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ । बिबिसी































