Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २५ गते


Advertisement

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने काम नगर्न आग्रह गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद काउचाले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताइन्।

प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ ध्यानाकर्षण गराइन्।

प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै उनले ‘कालो चस्मा खोल्न’ आग्रह गरिन्।

सांसद काउचाले संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन्।

प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नभई उनको ओज र राजनीतिक साख बढाउन खोजिरहेको उनको भनाइ थियो।

प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको स्पष्ट पार्दै सांसद काउचाले प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीका कारण मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् भएको बताइन्


प्रतिकृया दिनुहोस्