Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद आशिकाको गैर जिम्मेवार अभिव्यक्ति : १-२ दिन ग्यास ढिला हुँदा उर्लिनु आवश्यक छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

काठमाडौँ । हाल बजारमा देखिएको खाना पकाउने ग्यासको समस्यालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन् ।

डिपोहरूमा ग्यास वितरणमा देखिएको केही दिनको ढिलाइलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले यो क्षणिक समस्या मात्र भएको उल्लेख गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद तामाङले विगतका सरकारका पालामा आफूले भोगेको सास्ती स्मरण गराएकी छन् । अघिल्ला वर्षहरूमा लामो समयसम्म ग्यासको हाहाकार भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई अतिरञ्जित नगर्न आग्रह गरेकी छन् ।

ग्याँसको हाहाकार पहिलेदेखि थियो, एक वर्षसम्म ग्यास नपाएर स्टभमा भात पकाएर खाएको मलाई थाहा छ, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, आज एक दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ ।

नेपाल ग्यासमा आत्मनिर्भर नरहेको र वैदेशिक आयातमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनले वर्षायामका कारण आपूर्तिमा केही दिन ढिलाइ हुनु स्वाभाविक भएको तर्क गरिन् ।

आयातित खनिज पदार्थमा आधारित इन्धन बर्खायामका कारण एक–दुई दिन ढिलो पुग्दा सबै मिलेर सरकारमाथि खनिनु आवश्यक नरहेको उनको भनाइ छ । ग्यास हाम्रो देशमा छैन, अरू अरू देशमा भएको खनिज पदार्थ ल्याउन बर्खायाममा एक–दुई दिन तलमाथि हुँदा सबै मिलेर खनिनु आवश्यक छ ? उनले प्रश्न गरेकी छन् ।

पछिल्लो समय देशभर ग्यास आपूर्ति असहज भइरहँदा र रास्वपाकै सांसदहरूले यसप्रति सरकारको ध्यानाकर्षण गराइरहँदा सत्ता साझेदार दलकी सांसद तामाङको भने यस्तो अभिव्यक्ति आएको छ ।


प्रतिकृया दिनुहोस्