२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बालेन सरकार बरालिएको आरोप लगाएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै ठीक ठाउँमा ल्याउने काम कांग्रेसको रहेको बताए ।
थापाले वर्तमान सरकारमा शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।
थापाले प्रधानमन्त्रीले सरकार ‘एक्सप्रेस वे’मा हिँडिरहेको भने पनि एक्सप्रेस वेमा जाने वा ‘स्पिड वे’मा जाने सरकारको छनोट भएको भन्दै कानुन र संविधानले तोकेको लेनभन्दा बाहिर जान नपाइने बताए ।
उनले सरकारको गति बढाउन सकिने भए पनि शक्तिको पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिन नमिल्ने स्पष्ट पारेका छन् ।
उनले न्यायपालिकालाई सरकारले आफ्नो आदेश पालकका रूपमा व्यवहार गर्न थालेको तथा संसदलाई समेत आदेश पालकजस्तो ठान्ने प्रवृत्ति देखिएको आरोप लगाए । यस्तो प्रवृत्तिले मुलुकमा शासकीय अराजकता निम्त्याएको उनको भनाइ छ ।































