Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो बस्दैछ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

कम्तिमा दुईदिनसम्म चल्ने बैठकमा संस्थापन इतर समूहले यहि साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो ।

पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अघि बढ्ने तयारीमा रहेको संस्थापन इतर पक्ष सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही पछि हटेको छ ।


प्रतिकृया दिनुहोस्