Skip

Hamro Sanchar

देउवा नेपाल फर्किने समय परिवर्तन, अब कहिले आउँछन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ ।

यसअघि यही साउन २६ गते राति पौने १० बजे हङकङबाट उनी स्वदेश फर्किने तय भएकोमा अब २८ गते फर्किने भएका हुन् ।

देउवा साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

उपचारका लागि पत्नी आरजु राणासहित हङकङमा रहेका देउवा स्वदेश फर्किने तय भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा सिंगापुरमा उपचारपछि थप उपचारका लागि गत चैत ७ गते हङकङ प्रस्थान गरेका थिए । त्यसअघि उनी फागुन १३ गते नेपालबाट सिंगापुर गएका थिए।

साउन ५ गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउवाले आफू चाँडै स्वदेश फर्किन लागेको जानकारी गराएका थिए ।

 


प्रतिकृया दिनुहोस्