२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेता मनिष झाले प्रधानमन्त्री बालेन शाहलाई कडा जवाफ दिएका छन् ।
बालेनले आफू एक्लै लडिरहेको बताएपछि मनिषले सरकारमा कोही एक्लो नरहेको जवाफ दिएका हुन् ।
“परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,” मनिषले फेसबुकमा लेखेका छन्, “यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ ।”
मनिषले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने भन्दै अगाडि लेखेका छन्, “म सकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।”
बालेनले गएराति फेसबुकमा लेखेका थिए, “केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटी होइन ।
































