२३ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छाती पिट्दै कांग्रेसको झोले हुँ भनेर गर्व गर्न सक्ने पार्टी बनाउने दाबी गरेका छन् ।
सभापति थापाले सबैलाई गौरव लाग्ने कांग्रेस
बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दा
छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरेका हुन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् ।
सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए ।
विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताए ।
उनले त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने प्रष्ट पारे ।































