Skip

Hamro Sanchar

देउवाले सम्बोधन गर्ने छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए ।

त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।

जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् ।

उनी साउन २६ गते साँझ नेपाल फर्किने उनीनिकटका नेताहरूले जानकारी दिएका छन् ।

 


प्रतिकृया दिनुहोस्