२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थिति कोइराला निवास ममर्तको लागि सरकारले विनियोजन गरेको २ करोड बजेट फिर्ता गरेका छन् ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोक, मोरङ ९कोइराला निवास० को मर्मत तथा सम्भारका लागि आव २०८३–८४ को बेजटमा २ करोड रुपैयाँ विनियोजन गरेकामा सरकारप्रति आभार प्रकट गर्दै शेखरले फिर्ता गरेका हुन् ।
‘राज्यसामू आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास) को मर्मत तथा सम्भार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु,’ उनले भनेका छन् ।































