Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भदौ १५ सम्म १० दिन बस्नेछ प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यतालिका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

२१ साउन, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार एक महिनाको अवधिमा प्रतिनिधिसभाको बैठक कुल १० दिन बस्नेछ।

सचिवालयका अनुसार साउन महिनामा चार दिन र भदौको पहिलो १५ दिनमा छ दिन बैठक बस्ने गरी कार्यतालिका तय गरिएको हो।

प्रतिनिधिसभाको बैठक साउन २२, २४, २५ र २६ गते बस्नेछ। त्यसैगरी भदौ १, २, ३, ८, ९ र १० गते बैठक सञ्चालन गर्ने सम्भावित तालिका छ।

यस अवधिका बैठकहरू मुख्यतः विभिन्न विधेयक प्रस्तुत गर्ने, छलफल गर्ने तथा पारित गर्ने कार्यमा केन्द्रित हुनेछन्। महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता संसद्मा पेस गर्ने र तिनमाथि छलफल गर्ने विषयलाई पनि कार्यसूचीमा समावेश गरिएको छ।

साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएको छ। ती दिन प्रतिनिधिसभाको पूर्ण बैठक बस्ने छैन।

संसद् सचिवालयले संसदीय कामकारबाहीलाई थप व्यवस्थित, नियमित र पूर्वानुमानयोग्य बनाउन सम्भावित कार्यतालिका सार्वजनिक गरिएको जनाएको छ।

यसरी बैठक र समितिका गतिविधि पहिले नै निर्धारण गर्दा सांसद, संसदीय समिति तथा सम्बन्धित मन्त्रालयलाई आफ्ना काम र तयारी व्यवस्थित गर्न सहज हुने सचिवालयको अपेक्षा छ ।

 


प्रतिकृया दिनुहोस्