Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अग्रगामी मोर्चा’ घोषणाको तयारीमा ७ साना दल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


Advertisement

१७ साउन, काठमाडौं । ७ वटा साना राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने तयारी गरेका छन्।

ललितपुरमा आज बसेको छलफलपछि दलहरू मोर्चा गठनको औपचारिक तयारीमा जुटेका हुन् ।मोर्चाको आधिकारिक घोषणा २३ साउनमा हुने बताइएको छ ।

छलफलमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी थिए ।

सहभागी नेताहरूले समसामयिक राजनीतिक अवस्था, साझा एजेन्डा र आगामी रणनीतिका विषयमा छलफल गरेका थिए ।


प्रतिकृया दिनुहोस्