
१७ साउन, काठमाडौं । क्रियाशील सदस्यको अद्यावधिकलाई टुंगो लगाउन आगामी आइतबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै २४ गते बैठक बस्ने जनाएका छन् ।
यो बैठकमा अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको टुंगो लगाइने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले आगामी असोजमा १५ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ ।
त्यसअगावै सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउनु अघि केही गल्ती भए त्यसलाई सच्याइने उनले बताए ।
केही गल्ती भएको भए त्यसलाई सच्याउने र विधान अधिनस्थ रहेर अधिवेशनको सुनिश्चितता र निष्पक्षताको आधारमा सबैलाई समेटिने चालिसेको भनाई छ ।































