Skip

Hamro Sanchar

अहिले संविधान संशोधन गर्ने उपयुक्त समय होइन : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान अवस्थामा संविधान संशोधन गर्नु उपयुक्त नहुने बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले संविधान संशोधन गर्न खोजेको हो भने त्यसका लागि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरूबीच सहमति जुटाउनुपर्छ। तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन।

संविधान संशोधनको विषयमा राजनीतिक वृत्तमा भइरहेको बहसका बीच पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।


प्रतिकृया दिनुहोस्