Skip

Hamro Sanchar

प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग राष्ट्रपतिको छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


१५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति डा रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतलनवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्