
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न नेता कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
शुक्रबार मधेश र कोशी प्रदेशका स्थानीय तहका प्रतनिधिसँग जुम बैठकमार्फत छलफल गर्दै सभापति थापाले बजारमा आएका सबै कुरा पत्याइहाल्ने, टिप्पणी गर्ने, बोलिहाल्ने नगर्न निर्देशन दिएका छन् ।
ुकुनै कुरा आउँदा विवेक प्रयोग गर्नुपर्छ । बुझेर मात्रै धारणा बनाउनुपर्छ । मिथ्या सूचना छिटो फैलिन्छ । सचेत बन्नुपर्छु, थापाले भने, कांग्रेस मूल शक्ति हो । अभिभावक र जिम्मेवार शक्ति हो । कसले के भन्छ भन्नेतिर नलागौँ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो ।






























