Skip

Hamro Sanchar

सर्वदलीय बैठकमा गगनको प्रश्न : यतिबेला सरकार कहाँ, के गर्दै छ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा सरकार खोजेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको सर्वपक्षीय बैठक सभापति थापाले यतिबेला सरकार कहाँ, के गर्दै छ ? भन्दै प्रश्न गरेका छन् ।

बैठकबाट बाहिरिने क्रममा थापाले सुनसरी घटनाबारे पार्टीको भूमिकाबारे जानकारी गराएको पनि बताएका छन् । नेपाली जनताको साझा प्रयत्नबाट आर्जन भएको पुँजीलाई जोगाइराख्नुपर्ने उनले बताए ।

“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो । कसैले बरदान दिएको होइन । साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो । यसलाई जोगाइराख्नुपर्छ । यसका निम्ति कसैले आवेग, उत्तेजना नआइकन धैर्यता र संयमतासाथ संवाद गर्नुपर्छ,” सर्वदलीय बैठकपछि गगनले भने ।

सुनसरी घटनाबारे सबै नागरिक, राजनीतिक सबैलाई आह्वान गर्नुपर्ने विषय राखेको जानकारी दिए । अवाञ्छिक क्रियाकलाप हुने क्षेत्रमा पूर्वसजकता अपनाउन आग्रह गरे ।

उनले अगाडि भने सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनुहुँदैन । सरकार स्टाटसमा मात्रै सीमित हुनु हुँदैन,” गगनले भने, “सरकार भनेको अभिभावक मात्रै होइन, लिडर पनि हो । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ ।


प्रतिकृया दिनुहोस्