Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपाका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


Advertisement

१२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले आज शाहीलाई मुख्यमन्त्री पदमा नियक्त गरेका हुन्।

शाहीले आजै नेकपा (एमाले)को समर्थनमा दाबी पेस गरेका थिए।

एमाले र नेकपाबीच भएको सहमतिमा कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ। त्यही सहमतिअनुसार, नेकपा संसदीय दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

कर्णालीको ४० सदस्यीय प्रदेशमा नेकपाका १३ र एमालेका १० सांसद छन्। सरकार बनाउनका लागि २१ सांसद भए पुग्छ।

त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को एक जना र एक जना स्वतन्त्र सांसद छन्।

यसअघि कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका थिए ।

 


प्रतिकृया दिनुहोस्