Skip

Hamro Sanchar

सुनसरी गाेलिकाण्डमा शंकरको प्रश्न : याे दोहोरो मापदण्ड किन प्रधानमन्त्रीज्यू ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले काठमाडौं र सुनसरीमा गोलि चलेका घटनाप्रति सरकारले फरक दृष्टिकोण अपनाएको भन्दै प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंमा गोली चलेको घटनामा राजनीतिक नेतृत्वलाई दोषी देख्ने तर सुनसरीमा भएको गोलीकाण्डमा भने प्रहरी–प्रशासनलाई मात्रै जिम्मेवार ठहराउने प्रवृत्तिप्रति आपत्ति जनाएका हुन्।

उनले एउटै प्रकृतिका घटनामा फरक–फरक दृष्टिकोण राख्नु दृष्टिभ्रम हो वा चरम राजनीतिक पूर्वाग्रह भन्ने प्रश्न गर्दै यसले गलत सन्देश दिने टिप्पणी गरेका छन्।

पोखरेलले घटना जहाँ भए पनि सत्य र न्यायको मापदण्ड एउटै हुनुपर्ने उल्लेख गर्दै सरकारले निष्पक्ष र समान व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

 


प्रतिकृया दिनुहोस्