Skip

Hamro Sanchar

गगन थापाको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


Advertisement

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

थापाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा संवेदनशील परिस्थितिमा नागरिकको ज्यान जाने गरी गोली चल्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गर्दै थापाले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइतेको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्

साथै प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा जिम्मेवार भूमिका निर्वाह गर्न गगन थापाले अपिल गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्