Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरुङमार्गको शिलालेखबाट ओलीको नामै गायब : पोखरेल भन्छन्, सरकारलाई नै पतनतर्फ धकेल्नेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १० गते


Advertisement

१० साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुरुङमार्गको शिलालेखबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्दै सरकारको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले शिलालेखबाट नाम हटाए पनि इतिहासबाट भने नाम मेटाउन नसकिने बताएका छन्।

उनले ओलीको नाम शिलालेखबाट हटाउने कार्यलाई सरकारको ‘निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति’ भएको आरोप लगाए।

पोखरेलले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन्।’ उनले वर्तमान सरकारले उक्त सत्य वचनलाई मनन गर्न नसकेको टिप्पणी गरेका छन्।

उनले बालेन्द्र शाह नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य–मान्यता बिर्सेर गतिविधि गरिरहेको आरोपसमेत लगाए। यस्तो प्रवृत्तिले सरकारलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्ने उनको दाबी छ।

 


प्रतिकृया दिनुहोस्