Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

किन रद्द भयो कांग्रेस सभापति थापाको भारत भ्रमण ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १० गते


Advertisement

१० साउन, काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको तय भइसकेको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ।

शनिबारका लागि तय भएको भ्रमण पहिलो पटक सारेर आइतबार पुर्‍याइए पनि अन्ततः उनी नयाँ दिल्ली नजाने भएका हुन्।

भारतको नयाँदिल्लीमा आयोजना गरिएको नेपाली जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापा त्यसतर्फ जाने तयारीमा थिए। भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम समयमा भ्रमण रद्द गर्ने निर्णय लिइएको हो।

भ्रमण स्थगित भएको पुष्टि गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले भ्रमण रद्द हुनुमा प्राविधिक कारण रहेको बताए।

प्रवक्ता चालिसेले कारण नखुलाए पनि पार्टीभित्र चर्किएको आन्तरिक विवाद र भारतीय उच्च अधिकारीहरूसँगको भेटवार्ताको वातावरण नमिल्नु नै भ्रमण रद्द हुनुको मुख्य कारण हुनसक्ने आकलन गरिएको छ।


प्रतिकृया दिनुहोस्