Skip

Hamro Sanchar

ओलि भन्छन् : अहिलेजस्तो बर्बरता पञ्चायतकालमा पनि थिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिल देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको आरोप लगाएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’

उनले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको आरोप लगाए । उनले आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको पनि बताए । त्यस्तै उनले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाएका छन् ।

उनले बालेन सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने पनि बताए ।


प्रतिकृया दिनुहोस्