Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : अध्यक्ष ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार
बालेनद्र शाह नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका छन्।

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आज सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलिले सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका हुन्

‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, थितिविहीन तरिकाले चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्,तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीको आधारबाट बनेको हो।’

ओलीले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढङ्गले सञ्चालन भइरहेको समेत बताए । गत भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्