
२ साउन, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मीरा पोखरेललाई क्यान्सर भएको छ ।
श्रीमती मीरालाई क्यान्सर भएको र भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत रहेको नेता पोखरेलले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
आफू पनि उपचार प्रक्रियामा प्रत्यक्ष संलग्न हुनु परेकाले केही समयदेखि देशभित्रका सार्वजनिक गतिविधिमा सक्रिय हुन नपाएको उनले बताएका छन् ।
कठिन समयमा श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने तथा प्रत्यक्ष भेटेर हौसला प्रदान गर्ने शुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरेका छन्।
भारतको गुरुगाउस्थित मेदान्त अस्पतालमा श्रीमती मिरा पोखरेल (ध्वोज) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष जोडिनु परेका कारण यस बीच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको सबैमा जानकारी गराउन चाहान्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँछु,उनले भनेका छन्, यस अवधिमा मीराजीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्नुहुने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउनुहुने साथीहरू तथा आफन्तजनप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौं ।






























