Skip

Hamro Sanchar

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हार्ट अट्याक, कस्तो छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३२ गते


३२ असार, काठमाडौं । नेकपा ९एमाले० की नेतृ अष्टलक्ष्मी शाक्यलाई हार्ट अट्याक भएको छ।

एमाले नतृ उषाकिरण तिमिल्सिनाका अनुसार शाक्यलाई आज विहान हार्ट अट्याक भएपछि उपचारका लागि पाटन अस्पताल लगिएको हो।

उनको एन्जिओप्लास्टी गरिएको उनले जानकारी दिइन्।

मुटुको रक्तधमनीमा भएको अवरोध लाई हटाएर रक्तसञ्चार सुचारु गर्न एन्जियोप्लास्टी गरिन्छ।

अस्पतालमा गरिएका आवश्यक परीक्षणका क्रममा उनलाई ‘हार्ट अट्याक’ ९एक्युट मायोकोर्डियल इन्फरक्सन० भएको पुष्टि भएलगत्तै चिकित्सक टोलीले आकस्मिक शल्यक्रिया गरेको थियो।

अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीको नेतृत्वमा डा प्रबिन्द्र महर्जन र डा आनन्द जिसीसहितको विशेषज्ञ टोलीले नेत्री शाक्यको सफल ‘एन्जियोप्लाष्टी’ गरेको हो।

डा। अधिकारीका अनुसार बिहान ८ बजे आसपास अस्पताल आइपुगेकी शाक्लाई तत्काल अपरेसन कक्षमा लगिएको थियो।

जटिल शल्यक्रिया सम्पन्न भएपछि हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (सीसीयू)मा राखेर विशेष निगरानीका साथ उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्न चिकित्सकहरूले निरन्तर स्वास्थ्य परीक्षण गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्