Skip

Hamro Sanchar

एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३२ गते


३२ असार, काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

थुनामुक्त गर्न जारी भएको आदेशको प्रति आजै महोत्तरीको जलेश्वरस्थित कारागार कार्यालयलाई पठाइएको छ ।

कोइरीको थुनामुक्तिका लागि उनका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए । पूर्वसांसद कोइरी मधेस आन्दोलनका क्रममा २०७२ सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० थमन विक हत्या प्रकरणमा मुछिएका थिए ।

उच्च अदालत जनकपुरले यही असार १७ गते कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसलालगत्तै कोइरी असार १८ गते पक्राउ परेका थिए । सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाएको थियो ।

कानुनतः पाँच वर्षभन्दा कम कैद तोकिएको कसुरमा थुनाबाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाइने भए पनि गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको प्रश्न उठाएर सर्वोच्चमा रिट परेको थियो ।


प्रतिकृया दिनुहोस्