
३१ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् ।
नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति विवरण बुझाएको उनको सचिवालयले जनाएको छ ।
‘पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेस गर्नुभएको हो’, सचिवालयले भनेको छ ।





























