Skip

Hamro Sanchar

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


नक्कली भुटानी शरणार्थी प्रकरण स् बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो।

ऋन्(ल्भध
अदालतले ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना तोकेको छ। साथै, थप ३ महिनाको कैद सजाय पनि निर्धारण गरिएको छ।

सबै सजाय एकीकृत रूपमा गणना गर्दा खाँणले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने अदालतले जनाएको छ।

यसअघि असार २४ गते न्यायाधीश खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। दोषी ठहर भएका अन्यको पनि सजाय निर्धारण फैसला आउँदै छ ।


प्रतिकृया दिनुहोस्