Skip

Hamro Sanchar

संसदमा खगेन्द्रको गर्जन : कसैको खुट्टामा तेल लगाएर आएको होइन, नेल लगाएर आएको हुँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


Advertisement

३० असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले अहिले बालेन शाहलाई मुर्दावाद भन्ने सांसदमा बालाई मुर्दावाद भन्ने दम छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुनारले तर आफूहरुसँग बालेन शाहलाई पनि मुर्दावाद भन्न सक्ने दम भएको दावी गरे ।

उनले आत्मदाह गरेका गणेश नेपालीको परिवारको सरकारले जिम्मा लिने, दलित समुदायको जिम्मा लिने दावी गर्दै सांसद सुनारले हिजो गणेश नेपालीको घटनामा नेल लगाएर आएको खगेन्द्र सुनार कहाँ छ भन्दै खोजिएको बताउँदै उनले भने, ‘यहाँ छ खगेन्द्र सुनार । कुनै दाइ–भाउजुको हात खुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन ।’

उनले नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला नेल लगाउनु पर्छ, कति बेला विद्रोह गर्नुपर्छ आफूहरु बुझेर आएको बताएका छन् ।

उनले विपतिको यो बेला माननीयहरुलाई दलितको माया लागेर आएको व्यङग्य गर्दै सांसद सुनारले दलित मार्ने क्रम नरोकिएको र कांग्रेस, एमाले र माओवादीका साथीहरु उठ्न, राप्रपाका साथीहरु उठ्न आग्रह गर्दै जातीय हिंसाका विरुद्ध आँट र दम भए आजसम्मका सबै घटनाहरुलाई पल्टाएर हेर्न चुनौति दिए ।

गणेश नेपालीको घटनामा सरकारले सदासहायता देखाएर परिवारको जिम्मा लिएको समेत सांसद सुनारले दावी गरे । उनले यो देशका ६० लाख दलितको जिम्मा लिन आफूहरु आएको दावी गरेका छन् । उनले सबैको जिम्मा लिने तर, घटनाबाट आफूहरु नभाग्ने समेत बताए ।


प्रतिकृया दिनुहोस्