
३० असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछाने संसद बैठकबाट बाहिरिएका छन् । एक्कासि बैठक प्रवेश गरेका उनीहरू २० मिनेट बसेर बाहिरिएका हुन् ।
गत जेठ १७ गतेको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि प्रधानमन्त्री शाह आज पहिलोपटक संसदमा उपस्थित भएका हुन् । त्यसदिन उनले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि चर्को विरोध भएको थियो र विपक्षीहरूले कैयौँ दिन संसद अवरुद्ध गरेका थिए ।
बालेन र रवि बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरिरहेका थिए ।






























