
२९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल थप तीन दिन थुनामै रहने भएका छन् ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए । सोमबार उनको पाँचौँपटक म्याद थप भएको हो।






























