Skip

Hamro Sanchar

मिडिया हाउसअगाडि शंकास्पद गाडी राखिएको घटनामा एमालेले जनायो आपत्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २९ गते


२९ असार, काठमाडौं । नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरेर आतंकित पारिएको भन्दै आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एमालेले यो ​आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार रहेको भन्दै आपत्ति जनाएको छ ।

​स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौँ ।

एमालेले ​यस घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्नेसमेत जनाएको छ ।


प्रतिकृया दिनुहोस्