Skip

Hamro Sanchar

पेट्रोलको २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो, अरुको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


१६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेलरमट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल।पी। ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

यससँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलरमट्टितेलको मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ २२९ रुपैयाँ कायम भएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० र आधा सिलिन्डर १०३० रुपैयाँ कायम भएको छ ।

 


प्रतिकृया दिनुहोस्