Skip

Hamro Sanchar

भेनेजुएला भूकम्प : ३२ जनाको मृत्यु, ७ सय घाइते (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


११ असार, काराकास । भेनेजुएलामा आज साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी र्दिएका छन् ।

उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिए ।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।


प्रतिकृया दिनुहोस्