Skip

Hamro Sanchar

तोलाको ३६ सय रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


१० असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यति नै परिणामको सुन मंगलबार २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्