Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा नेता- कार्यकर्तालाई गगनले भने : हामीले जस्तो गल्ती नगर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ७ गते


Advertisement

७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न सुझाव दिएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिएका हुन् ।

सभापति थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमतलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरेका छन् ।

चार वर्षको अवधिमै रास्वपाले हासिल गरेको जनसमर्थन नेपाली राजनीतिक इतिहासमा दुर्लभ भएको उल्लेख गर्दै उनले त्यसलाई सही दिशामा उपयोग गर्नुपर्ने बताए।

उनले इतिहासमा यस्ता जनमत प्राप्त गरेका दल र नेताहरू अहंकार, आन्तरिक टकराव तथा सत्ताको उन्मादका कारण दुर्घटनामा परेको स्मरण गराए। ु


प्रतिकृया दिनुहोस्