
७ असार, चितवन । चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने तय भएको छ ।






























