
७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् ।
रास्वपा प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै थापाले यस्तो बताएका हुन् ।
रास्वपाले पार्टी स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उनले बताए ।नेतृत्वको भूमिकालाई प्रशंसनीय बताउँदै संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्राले पार्टीको राजनीतिक उपस्थितिलाई थप सुदृढ बनाएको टिप्पणी गरिएको छ।
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ, उनले लेखेका छन्, तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ ।































