Skip

Hamro Sanchar

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट किन भए अलग ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


काठमाडौं । पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दे उनले अब सक्रिय राजनीतिबाट टाढा रहने बताएका हुन् । महराले स्वास्थ्य अवस्थाका कारण यस्तो निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

“स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ,” महराले भनेका छन् ।

‘एट्रोफी’सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेकाले सक्रिय राजनीतिबाट टाढा रहने उनले जनाएका हुन् ।

स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्