Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली भन्छन् : नेतृत्व परिवर्तनका हल्लाहरू पानीका फोका जस्तै हुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


Advertisement

४ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनबारे बाहिर आएका हल्लाहरू पानीका फोका जस्तै भएको बताएका छन्।

एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलिले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताएका छन् । ओलीले आफूलाई जिम्मेवारी छोडेर भाग्छ कि भन्ने आशंका गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिँडेको बताउँदै त्यस्तो भ्रम र अन्यौल नपर्न नेता(कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

एमाले खरानीको डल्लोजस्तो नभई सुदृढ र एकताबद्ध पार्टी भएको उल्लेख गर्दै उनले निकट भविष्यमा फेरि जित्ने उनले विश्वास व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्